हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले

राम्रो अनलाइन     ३० फागुन २०८०, बुधबार
हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले

 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उहाँले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारे ।

रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने पनि स्पष्ट गरे । साथै उनले जोखिम लिएरै आफूहरुले वर्तमान गठबन्धन सरकारलाई साथ दिएको हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए । 
 

प्रतिक्रिया