काठमाडौँ– राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अघिल्लो वर्षको तुलनामा २१.६ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो सात महिनामा ६ अर्ब ८९ अर्ब रेमिटेन्स आएको थियो। समग्र रेमिटेन्स बढे पनि वृद्धिदर भने घटेको छ।
यस वर्ष माघसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ४७ हजार १२ जना रहेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष यसै अवधिमा ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । अघिल्लो वर्ष यो संख्या १ लाख ६७ हजार ७०८ रहेको थियो ।