नयाँ मन्त्रीहरूको शपथ आजै

राम्रो अनलाइन     २३ फागुन २०८०, बुधबार
नयाँ मन्त्रीहरूको शपथ आजै

काठमाडौँ– नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ। मन्त्रिपरिषद्मा थपिएका नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजे हुने भएको हो ।

गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए। बुधबार गठबन्धनका दलहरुले मन्त्रालयको भागबण्डा टुंगाएसँगै आजै सपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गठबन्धनको सहमति अनुसार मन्त्रिपरिषदमा एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ भने यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रले ५ र जसपाले २ मन्त्रालय पाएको छ । 

प्रतिक्रिया