काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । गौतम सर्वोच्च अदालतले एमाले र माओवादी मिलेर बनेको नेकपालाई अवैधानिक ठहर गरेपछि अहिलेसम्म भएका एमाले कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।
तर, आज उनी बैठकमा सहभागी भएपछि कतै गौतम ओली खेमामा लागेका त होइनन् भन्ने आशंका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले गरेको छ ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको सांसद शान्ता चौधरीले जानकारी दिइन् । यो बैठकपछि केन्द्रीय समितिको बैठक बस्नेछ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठकमा नेपाल खनाल समूह भने अनुपस्थित छ । खनाल नेपाल समूहले अहिले राष्टिय सभा गृहमा युवासंघको भेला राखेको छ । भेलालाई नेता नेपालले सम्बोधन गर्नेछन् । नेपाल कार्यक्रम स्थलमा पुगिसकेका छन् ।