काठमाडौँ– मिसेस राइज एन्ड साइन डिभा–२०८० को फाइनल प्रतियोगिता शानिबार हुने भएको छ । विवाहित तथा एकल महिलाले भाग लिएको प्रतियोगितामा २० देखि ५४ वर्ष उमेर समुहका १६ जना महिलाको सहभागिता रहेकोछ । उक्त कार्यक्रमको कोरियोग्राफी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चर्चित तथा अनुभवी कोरियोग्राफर जयन सुब्बा मानन्धरले गरेकी छिन् भने दक्ष तथा अनुभवी व्यक्तिहरूद्वारा तालिमको व्यवस्थापन गरिएकोछ। प्रतिस्पर्धीहरूलाई व्यक्तित्व विकास सम्बन्धी विभिन्न किसिमका तालिम दिइएको थियो ।















