गृहमन्त्री श्रेष्ठद्वारा भवन उद्घाटन

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
गृहमन्त्री श्रेष्ठद्वारा भवन उद्घाटन

गण्डकी–  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कास्की जिल्लामा नवनिर्मित प्रमुख जिल्ला अधिकारीको सरकारी निवास उद्घाटन गरेका छन् । पोखराको सहिद चोकमा निर्मित भवनको सन् २०२२ मे २ मा निर्माण सम्झौता भएकामा सन् २०२३ जुलाई १५ मा सम्पन्न भएको थियो । 

कुल रु दुई करोड ३१ लाख ५४ हजार नौ सय ३४ मा निर्माण सम्झौता भएकामा यसको अन्तिम लागत रु दुई करोड ३३ लाख ६५ हजार एक सय ७२ रहेको छ । त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले जनताले अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया