राष्ट्रपति पौडेल तनहुँमा

राम्रो अनलाइन     २० पुस २०८०, शुक्रबार
राष्ट्रपति पौडेल तनहुँमा

दमौली (तनहुँ)–राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । 

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरे । राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आएका थिए ।
 

प्रतिक्रिया