काठमाडौँ– ईपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारको क्रममा वीरेन्द्र शाहको मृत्यु भएको हो ।
यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । यससँगै मुत्यु हुनेको संख्या २ पुगेको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।