काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको चौँथो बैठक सुरू भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरू भएको बैठकमा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राख्दै छन् ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई जनताले पाँच वर्ष टिकोस् भन्ने चहाना राखेको बताएका छन् । उनले भने,'जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, अस्थिरता जनताको चाहाना होइन ।'
आफू नेतृत्वको सरकारले धेरै काम गरेकोसमेत ओलीले दाबी गरे । उनले भने, 'काम गरेनन् भन्ने होइन, धरहरा भर्खरै सम्पन्न हुन लागेको छ, यो सरकार बन्नुभन्दा पहिले तराईका कुनैपनि सहरमा ढलको व्यवस्था थिएन, अहिले ठुला सहरमा ढलको व्यवस्था भएको छ ।'