यी हुन् ‘जोय मोडल हन्ट नेपाल २०२५’ १६ प्रतिस्पर्धी (प्रोफाइल सहित)

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
यी हुन् ‘जोय मोडल हन्ट नेपाल २०२५’ १६ प्रतिस्पर्धी (प्रोफाइल सहित)


‘जोय मोडल हन्ट नेपाल २०२५’ को फिनालेमा ४९ प्रतियोगीले प्रतिस्पर्धा गर्दै छन् । नेपालकै बृहत् मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको नवौं सिजन हो । फिनालेका लागि अडिसनबाट ३२ फिमेल र १७ मेलसहित ४९ प्रतियोगी छनोट गरिएको थियो ।

प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट,  र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइएको छ । प्रतियोगिताको कोरियोग्राफी सविता कार्कीले गरिरहेकी छिन् ।

हेर्नुहोस् १६ मेल प्रतिस्पर्धीहरूको प्रोफाइल । 

सुजल श्रेष्ठ


 

काठमाडौं ठमेलका सुजल श्रेष्ठ किङ्स कलेजमा कम्प्युटर साइन्समा ब्याचलर गर्दै छन् । २० वर्षका उनी जिम गर्न र गितार बजाउन रुचाउँछन् । उनले सोसल मिडिया र साथीहरूमार्फत मोडल हन्टको बारेमो जानकारी पाएका थिए । उनी पहिलादेखि नै आफुलाई अरुसमक्ष प्रस्तुत गर्न मन पराउँथे । त्यसैले उनी मोडल हन्ट प्रतियोगितामा भाग लिएको बताउँछन् । ‘म पहिलादेखि नै आफुलाई अरु समक्ष प्रस्तुत गर्न मन पराउँथे, चाहेँ त्यो फिटनेस मोडलिङ होस् या अन्य अरु केही मैले चाहीँ फिटनेस मोडलिङलाई छानेको हो । ’ 

सुजलले मोडल हन्ट प्रतियोगितामा जोडिनु अघि र यसमा जोडिइसकेपछि धेरै भिन्नता पाएको महुशुुस गर्छन् । उनी भन्छन्,‘पहिला यसमा ज्वाइन गर्नु अघि अरुले के भन्ला के सोच्ला जस्तो लाग्थ्यो, तर जब पछि आफुले आफैँ प्रतिस्पर्धा गर्ने हो अरुसँग होइन । जे गर्ने हो आफ्नो लागि गर्ने हो भन्ने भयो । ’  
सुजलले यस अघि यस्ता कुनै प्रुतियोगितामा भाग  नलिएको  तर  ‘बबाल वोएज’ को लागि एड सुट गरेको हुँदा प्रतियोगिताको लागि केही सहज  र म्यान्स मेकअप बारे धेरै जानकारी लिन पाएको बताउँछन् । 

उनी सरकारको तर्फबाट आफुजस्तै युवालाई देशमा टिकाइराख्न धेरै भन्दा धेरै अवसरहरू सिर्जना गर्नुपर्ने बताउँछन् । ‘बाहिर जाने भनेको आफू अनुकुल अवसरहरू कम भएर हुन् सरकारले काठमाडौंमा मात्रै नभई देशको सबै ठाउँमा अवसर सिर्जना गरेमा युवा पलायन हुन रोकिन्छ । मोडलिङ क्षेत्रमा प्रपर इन्भेष्टमेन्ट हुन सकेमा नेपालको मोडलिङ क्षेत्रमा धेरै परिवर्तन हुन्छ । ’ उनी आफु मोडल हन्टको विजेता भएमा आगामी पाँच वर्षको अवधिमा उनी आफुलाई विदेशका ब्राण्डहरूसँग काम गरिरहेको व्यवसायिक मोडलका प्रस्तुत गरिरहेको हुने बताउँछन् ।


 केभिन श्रेष्ठ


ललितपुर कुपण्डोलका केभिन श्रेष्ठले एमबिए सम्मको अध्यायन पुरा गरेका छन् । २४ वर्षिय केभिनलाई मोडलिङमा सानैदेखि रुची थियो । यससँगै उनी कराँतेमा ब्राउन बेल्ट सम्म पुगिसकेका छन् । मोडल हन्टको विषयमा उनले सोसल मिडियाबाट थाहा पाए  र प्रतियोगी बन्ने निर्णय लिए । ‘मैले मोडल हन्टमा जान मन छ भनेर  परिवारलाई सोधँे परिवारले कुनै नाईनास्ती गर्नुभएन, जाऊ भन्नुभयो । ’ 
उनले यस अघि नै दुई ओटा  प्रतिस्पर्धामा भाग लिगिसेकेका छन्, तर हाल अलि ठूलो प्लेटफर्म खोज्दै मोडल हन्ट प्रतियोगितमा आइपुगेको हुन् । मोडल हन्टमा आउनु पहिला केभिन अरुसमक्ष ढुक्कसँग प्रस्तुत हुन सक्दैनथिए । उनी भन्छन्, ‘मैले यहाँ आएर  कन्फिडेन्ट हुन र सोसियल मिडियामा कसरी कमफरटेबल हुने ।  ड्रेसिङ  सेन्स, म्यान मेकअप, आफुलाई अरुसमक्ष कसरी कुन रुपमा प्रस्तुत  गर्ने आदिबारे सिक्न पाएको छु । 

केभिन आफुमा नयाँ गुणहरू र अरु भन्दा पृथक खालको गुणहरू भएको हुनाले अन्यभन्दा आफू भिन्न भएको बताउँछन् । ‘सबैसँग आ–आफ्नो क्षमता हुन्छ , र  ममा जे गुण छ म त्यसको लागि आफ्नो १०० प्रतिशत दिने छु । किनकी यो सबै ग्रोइङ र ग्लोइङ प्रकृया हो । ’ 

उनी आफ्नो रोल मोडल बुबालाई मान्छन् र हरेक कुरा बुबासँग नै सेयर गर्छन् । यस्तै आगामी पाँच वर्षमा उनी आफुलाई कमर्सियल एडहरूमा काम गरेको हेर्न चाहान्छन् ।  र नेपाल सरकारको  तर्फबाट बाहिरी देशबाट यो भन्दा बढी अवसर  सिर्जना गर्नुपर्ने बताउँछन् । ‘हाल अवसर त छ तर, यो भन्दा बेटर अवसरहरू भयो भने यो भन्दा पनि  बढी गर्न सकिन्छ , त्यसैले सरकारले यो कदम चाल्नुपर्छ ।’   


 पेन्जोर भुटिया 


दाजर्लिङ घर भएका १९ वर्षिय पेन्जोर भुटियाले कक्षा १ देखि १२ कक्षासम्मको पढाई उतै सके । त्यसपछि बाँकीका पढाई गर्न काठमाडौं छिरेका उनी हाल किङ्स कलेजमा इन्फरमेसन ट्रेक्नालोजीमा ब्याचलर गर्दै छन् । मोडल हन्टबारे उनले अघिल्लो सिजनका दोस्रो उपविजेतबाट जानकरी पाए । ‘म उहाँसँग एकपटक हाइकिङ गएको थिए, त्यसबेलादेखि नै उहाँलाई सामाजिक सञ्जालमा पछएको थिए, पछि उहाँले यस्तो हुदैँ छ भनेर सेयर गर्नुभएको  रहेछ ।  अनि मैले उहाँकै सल्लाहमा भाग लिएँ । ’ 

भुटिया लजालु स्वभावका थिए,तर मोडल हन्टमा सहभागिता सहभागी भएपछि उनले बिस्तारै सोसियललाइजेशन हुन सिके । आफुलाई कसरी ग्रुम गर्ने, अरुका अघि कसरी देखिने आदि जस्ता धेरै कुरा उनले मोडल हन्टमा सिके । उनी आफ्नो रोलमोडल दार्जिलिङकै डिजाइनर तेन्जिङ छितेन्न भुटियालाई मान्छन् । यसअघि कुनै मोडल शो नगरेका भुटियाले इसेवाको विज्ञापनमा भने खेलेका छन् । 

आफूलाई अरुका अघि छुट्टै तरिकाले प्रस्तुत गर्न रुचाउने उनी फोटोसुट, कन्टेन्ट क्रियट गर्न भने खुब रुचाउछँन् । त्यसैले उनी आफू विजेता भएको खण्डमा अरुलाई सन्देश दिने खालको भिडियो बनाउन लागि पर्ने बताउँछन् । 

‘मेरो रुची यही क्षेत्रमा भएको भएर होला मैले बाहिर जाने सोच भने बनाएको छैन । म यही रहेर म जस्तै युथका  लागि पोजोटिभ इम्प्याक्ट हुने खालको कन्टेन्ट बनाउँछु ।’ 
मोडलिङमा नै आफ्नो भविष्य देखेका उनी आफुजस्तै युवालाई देशमै टिकाईराख्न सरकारले चलेको ट्रेण्ड  र फेसनलाई बुझ्नुपर्ने बताउँछन् । ‘सरकारले हालको युवापुस्ताको माग के हो र त्यसलाई कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा सोच्यो भने मोडलिङ क्षेत्र अवश्य राम्रो हुन्छ ।’ 


विवश विष्ट 


ललितपुरका विवश विष्ट दुई वर्षदेखि मोडलिङ गर्दै आईरहेका छन् । अग्लो हाइट र राम्रो लुक्सकै कारण उनलाई साथीहरूले मोडलिङमा जान हौसाए । उनले पनि साथीहरूले भनेअनुरुप नै गरे । त्यसयता उनी मोडलिङमा नै आवद्ध छन् । विजनेसमा मास्टर्स सकाएका उनी हाल काउन्सिलिङ इन साइकोलोजीमा डिप्लोमा गर्दै छन् । विशेषत रनवे मोडलिङमा रुची राख्ने उनी मोफसलको ट्राभल गर्न,र त्यसलाई उजागर गर्न , खेल्न र कन्टेन्ट  बनाउन रुचाउँछन् ।  

मोडलिङमा नै करियर बनाउने लक्ष्य राखेका उनी मोडल हन्टले आफूमा धेरै कुराको परिवर्तन गरेको उनी बताउँछन् । ‘एज ए मोडल काम गरेपनि म आफुलाई नै मेरो धेरै कुरामा कमी छ जस्तै लाग्थ्यो, जस्तै रनवे वाक गर्दा वाक नमिलेको जस्तो लाग्थ्यो, त्यो अहिले पहिला भन्दा धेरै राम्रोसँग गर्न सक्ने भएको छु’, उनी भन्छन् । 

यस्तै उनी मोडल हन्टको विजेता भएमा आफूमाथि थप जिम्मेवारी बढ्दै जाने र त्यसले उतरदायित्व बहान गर्ने क्षमता बढाउने बताउँछन् । ‘हन्टको यात्राको दैराना मैले जे सिक्छु, त्यो मात्रै काफी हुन्न, यसबाहेक धैर काम हुन्छन् । त्यसैले म आफूले आफूलाई अबको पाँच वर्षमा प्रोफेसनल रनवे मोडलको रुपमा अथवा इन्टरनेसनल रनवे मोडलको रुपमा देख्न चहान्छु ।’  

यसबाहेक उनी युवा पुस्तालाई मोडलिङमा लाग्नको लागि प्रेरणा दिने खालको भिडियो बनाउने  तथा फेसनलाई ग्रो इन्डष्ट्रिज लैजानको लागि पहल गर्ने बताउँछन् । नेपाल सरकारको तर्फबाट पनि फेसनलाई ग्रो गराउन नेपालमा अन्तराष्ट्रिय स्तरका फेसन शो गराउन सके राम्रो हुने उनी बताउँछन् । 
 


आयानराज चौधरी


सर्लाहीका आयानराज चौधरी काठमाडाै‌को मेगा इन्टरनेश्नल कलेजमा बीबीए अध्ययानरत छन् । जिम गर्नु, घुम्नु र क्रिकेट खेल्नु उनको रुचीका क्षेत्र हुन् । यससँगै उनी मोडलिङलाई समेत रुचीको क्षेत्र बनाई विगत दुई वर्षदेखि मोडलिङमा आबद्ध छन् । सन् २०२३ मा मिस्टर नेपालको प्रतियोगी चौधरी हाल मोडल हन्टमा प्रतिस्र्धा गर्दै छन् । 

पारिवारिक सर्पोटले यहाँसम्म आईपुगेका उनी मोडल हन्टले आफुमा आत्माविश्वास बढाएको बताउँछन् । ‘मोडलिङमै लागेको भएपनि म अरुसँग कम्यिुनिकेट गर्न सक्दैन थिए, डर लागे जस्तै हुन्थ्यो । यहाँ मैले आफुलाई कसरी प्रिजेन्ट गर्ने, अरुको अघि कसरी आत्माविश्वासी हुने, कसरी कम्यिुनिकेट गर्ने आदि जस्ता कुराहरूमा चेन्ज पाएँ । ’  

यस्तै आयान प्रतियोगिताको विजयी भएमा युवाहरूलाई आत्माबल दिनेप्रकारको भिडियो बनाई मोटिभेट गर्ने बताउँछन् । उनी भन्छन्,‘सबैलाई मलाई जस्तै परिवारले सर्पोट गर्छ भन्ने छैन, त्यसैले मैले बनाउने भिडियोले उहाँहरूलाई प्रेरणा मिलोस् भन्ने मेरो धारण हो ।’ र सरकारले पनि मोडलिङ क्षेत्रमा राम्रो भन्दा राम्रो अवसर सिर्जना गरेमा मोडलिङ क्षेत्र राम्रो हुने बताउँछन् । 


आदित्य थपलिया

तेह्रथुमका १९ वर्षिय आदित्य थपलिया एआई विषयमा स्नातक गर्दै छन् । पढाईको सिलसिलामा काठमाडौं छिरेका उनलाई दाजु, भाउजु र साथीभाईले मोडलिङमा लाग्न सुझाव दिए । ‘आज म मेरो परिवारकै कारण यहाँ छु । उहाँहरूको पूर्ण सर्पोट छ । तिमी जाऊ तिमी गर्न सक्छौँ भन्नुभएको भएर म मोडल हन्टमा आएको हुँ । ’ 

यसअघि फोटोसुट मात्रै गराएका उनले मोडल हन्टमा आएपछि आफूमा निकै परिवर्तन पाए । कन्फिडेन्ट हुन, अरुको अघि प्रिजेन्ट हुन उनले मोडल हन्टबाट सिके । ‘मलाई अरुसँग कसरी कम्युनिकेट  गर्नुपर्छ भन्ने राम्रोसँग थाहा थिएन , यहाँ राम्रोसँग सिक्न पाएँ । यससँगै अरुको अघि कसरी प्रिजेन्ट हुने बारे थाहा पाएँ । 

आदित्य  आफूमा अरुमा भन्दा लिडरसीप क्वालिटी भएकाले मोडलहन्ट जित्नुपर्ने  बताउँदै आफूले जितेमा आगामी पाँच वर्षमा अरुको लागि रोलमोडल बन्न सक्ने बताउँछन् । 
‘हामीहरू सबैमा आ–आफ्नो खुबी छ तर म सबैलाई लिड गर्न सक्छु मेरो विश्वास छ । त्यसैले मैले जितेमा रोलमोडलको रुपमा काम गर्ने  छु ।’ उनी सरकारलेपनि मोडलिङ क्षेत्रलाई बुझेर स्वदेशमै केही गर्न चाहानेहरूलाई आश दिन सकेको खण्डमा मोडलिङ क्षेत्र राम्रो हुने बताउँछन् । 


 प्रसुन कुमार


भक्तपुरका २३ वर्षिय प्रसुन कुमार सानै देखि गीत, संगीत तथा मोडलिङमा रुची राख्थे । न्याथम कलेजबाट हस्पिलाटिमी विषयमा स्नातक गरेका उनी साउथ कोरियन ब्यान्डलाई आफ्नो रोलमोडल मान्छन  । ‘परिवारले सर्पोट नगरेको भए म यहाँ आउन सम्भव थिएन , मेरो विचारमा यो प्रतियोगिता एक प्रतियोगिता मात्रै नभई आफूलाई बिल्डअप गर्ने माध्यमको रुपमा लिएको छु । त्यसैले मैले यहाँ धेरै कुरा सिकेको छु । कन्फिडेन्ट हुन, अरुको अघि प्रिजेन्ट हुन उनले सबै मोडल हन्टबाट सिके । र आफूमा सिर्जनात्मक क्षमता भएकाले म अरुभन्दा भिन्न र यो सो विन गर्छु जस्तो लाग्छ । ’ 

प्रसुनलाई  सो जितेर अरुको रोलमोडलको साथै यही क्षेत्रमा उदाहरणीय व्यक्ति बन्नु छ । त्यसैले उनी राज्यले क्षमता भएकाहरूलाई यहीँ काम गर्ने वातावरण सिर्जना गर्नका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् । ’ 


आदित्य कौशल 

आदित्य कौशल नमूना कलेज अफ फेसन टेक्नोलोजीमा ब्याचलर अध्ययानरत छन् । २२ वर्षका उनी नयाँ कुराहरु हेर्न र एक्स्प्लोर गर्न रुचाउँछन् । ‘मलाई बाबामम्मीले कहिलेपनि मोडलिङमा नलाग भन्नुभएन, मेरो रुचीकै क्षेत्र भएर मैले फेसन डिजाइन गरिरहेको छु र मोडलिङमा लाग्दा पनि सर्पोट गरिरहनुभएको  छ ।’  

विद्यालयहरूमा हुने गरेका स्टेज सोहरु नै उनको मोडलिङमा लाग्ने पहिलो खुड्किलो थियो । स्कुल,कलेजका स्टेज प्रोगामहरूले नै उनलाई मोडलिङपनि राम्रो क्षेत्र हो । यसमा पनि भविष्य निर्माण गर्न सकिन्छ भन्ने भाष्य निर्माण गरिदियो । त्यसयता उनी मोडलिङमा आवद्ध रहेका छन् । 

मोडल हन्टले आफूमा थप आत्माविश्वासी हुन सिकाएको उनको अनुभव छ । ‘यो धेरै कुरा सिक्ने प्लेटफर्म हो । तर मैले विशेष गरी कन्फिडेन्ट हुन सिकेँ । योसँगै आफ्नो पर्सनाटिली डेभलप कसरी गर्ने, अरुसँग कसरी कुरा गर्ने आदिबारे सिकेँ’, उनी भन्छन् ।  

आदित्यले आगामी पाँच वर्षमा आफूलाई मोडलिङ दुनियाँको प्रख्यात फेसन आइकन बन्ने सोचेका छन् ।  आफुजस्तै मोडलिङमा लाग्ने युवाहरूलाई प्रेरित गर्ने बताउँछन् । ‘सायद ५ वर्षमा धेरै काम त गर्न नसिकएला तर एक परिचित मोडल तथा अरुलाई प्रेरणा दिने व्यक्ति बन्छु जस्तो  लाग्छ ।’  


अंकितरत्न स्थापित 


काठमाडौं वसन्तपुरका अंकितरत्न स्थापित सानैदेखि मेहेनत गर्नुपर्छ भन्ने खालका थिए । ‘आफुले जानेको काम अरुलाई देखाउनुपर्छ भन्ने उनको मान्यता थियो । त्यसैले उनी आफ्नो प्रतिभा देखाउन मोडल हन्टको सिजन–९ मा सहभागी भए । ‘मलाई आफूमा भएको प्रतिभा अरुलाई देखाउनुपर्छ भन्ने लाग्छ त्यसका लागि धेरै मेहेनत गर्नुपर्छ भन्ने थाहा थियो, त्यसैले म आफ्नो मेहेनत र काम देखाउन मोडल हन्टको प्रतियोगितामा भाग लिन आएको हुँ ।’ 

२८ वर्षका स्थापितले  सन् २०२० मा प्राइम कलेजबाट बीबीएसम्मको अध्ययान पुरा गरिसकेका छन् । त्यसयता प्रसिद्ध पर्वतारोही निम्सपूर्जा मगरको ‘निम्सदाई स्टोर’मा सेल्स अफिसरको रुपमा काम गर्दै आईरहेका छन् । 

कामका दौरान विभिन्न देशका मानिसहरूसँगको भेटघाट, वार्तालाप, तथा अनुभवलाई नै उनी आफ्नो  जितको सुचक ठान्छन् । भन्छन्, ‘एज ए सेल्स अफिसरको रुपमा काम गर्दा विभिन्न देशको क्लाइन्टसँगको भेट र डिल गर्ने गरेको भएर होला म आफू धेरै कन्फिडेन्ट छु । तर म नै यो जित्छु भनेर भन्दिन । जिते भनेमा पक्कै यो देशको लागि राम्रो हुने काम गर्नेछु । ’  

यस्तै उनी आफूले मोडल हन्ट जितेमा आगामी पाँच वर्षमा सामाजिक सञ्ंजालको माध्यमाबाट अरूलाई इन्स्पाएर गराउने काम गर्ने बताउँछन् । ‘मैले यहाँ सिकेका कुरा नै म बाहिर सिकाउनेछु । आई कन्ट्रायाक्ट, फेस एक्सप्रेसका कुरा देखि लिएर जे– जे मैले यहाँ सिकेको छु, त्यो सबै युथहरुलाई पनि सिकाउने छु ।’ 


मनिष गौतम 

हेटौँडाका मनिष गौतम काठमाडौं विश्वविद्यालयमा ब्यााचलर गर्दै छन् । मिडिया विषयमा ब्याचलर गरिरहेका उनी फिल्म मेकिङ, नृत्य तथा गायनमा रुची राख्छन् । आफ्नो  रुचीलाई नै सपना बनाएका उनी सपना पुरा गर्न दिनरात लागिपरिरहेका छन् । उनी कन्फिडेन्ट छन्, त्यसैले रुचीलाई नै सपना बनाउँदा पुरा हुने कुरामा ढुक्क छन् ।  उनी भन्छन् , ‘मैले यो बाहेक सोचेको छैन । मोडलिङमा करिअर बनाउने सोचेको छु । त्यसैले मोडल हन्टमा छु । ’ 

मोडल हन्टबारे उनले साथीको थ्रुबाट सुने । साथीभाईले ‘तिमी गर्न सक्छौँ जाऊ ’ भन्दै उस्काए । उनी सपना खोज्दै मोडल हन्टमा पुगे । त्यहाँ उनले आफूमा भएका कमजोरीलाई सुधार्दै लाने मौका पाएँ । ‘मोडल हन्टमा मैले कन्फिडेन्ट बिल्ड गर्न, रनवे वाक गर्न, स्किन केयर, मोडलिङ के हो आदिबारे धेरै कुरा सिकेँ । यसले ममा धेरै परिवर्तन समेत ल्याइदिएको छ’, उनी भन्छन् ।  


दिनेश श्रेष्ठ 

झापाका दिनेश श्रेष्ठ सानैदेखि मोडलिङमा रुची राख्थे । मिस्टर मोडल झापा वीनर समेत भइसकेका उनले ब्याचलरसम्मको अध्ययान पूरा गरेका छन् । पढाई पूरा गरेर हेयर ड्रेसिङको काम गर्दै आईरहेका छन् ।  २५ वर्षका श्रेष्ठ फोटो सुट गर्न र मोडलिङ गर्न रुचाउँछन् । 

‘मोडल हन्ट मेरो क्षमता वृद्धि गर्ने ठाउँ हो,’ उनी भन्छन्, ‘मैले अरु सोहरु पनि गरिसकेको छु , त्यहाँबाट यहाँसम्म आउँदा म धेरै कुरामा क्यापेबल छु जस्तो लागेको थियो । तर मैले आफूमा धेरै कुरा सुर्धान जरुरी रहेछ । अहिले त्यही गर्दै छु’, दिनेश भन्छन् । 

मोडलिङमा नै आफ्नो भविष्य खोजिरहेका उनी बाहिरी देश जान चाहँदैनन्  । सकेसम्म यही केही गर्ने सोचमा छन् । ‘मेरो कुनै बाहिर जाने सोच छैन, मोडलिङमा लागेर यहीँ केही गर्ने सोच छ । र पक्कै केही न केही गर्ने नै  छु’, आत्मविश्वासका साथ भन्छन् ।  


मनिष चौहान 

पुर्खौली घर भारत भएका मनिष चौहान नेपालको सिराहामा जन्मिए, हुर्किए र दश कक्षा सम्मको शिक्षा पनि सिराहामा नै पुरा गरे । त्यसपछि उनी उच्चशिक्षाका लागि काठमाडौंमा भित्रिए । ११, र १२ कक्षाको पढाई कञ्जिरोवा विद्यालयबाट सकेका उनी बाहिर जाने तरखरमा छन् । तर मोडलिङपनि राम्रो भविष्य देखेका उनले ‘लेस्ट गिभ अ ट्राई ’ भन्दै मोडल हन्टमा भाग लिएको बताउँछन् । 

‘म खासमा बाहिर जाने भनेर लागिरहेको थिएँ, तर दिमागले यहाँ रहुन्जेल ‘लेस्ट गिभ अ ट्राई, एण्ड मेक एन एक्सपिरियन्स ’ भन्ने लाग्यो अनि आएको हो’ उनी भन्छन्, ‘त्यो पनि साथीहरूले एर्पोच गरेको भएर हो । ’  

१८ वर्षका उनी मोडलिङ गर्न र रनवे वाक गर्न रुचाउँछन् । उनले यस अघि धेरै रनवे वाक गरिसकेका छन् । त्यसैले उनी कन्फिडेन्ट छन् । मोडलिङमा नै आफ्नो भविष्य बनाउने सोचेका उनले मोडल हन्टमा धेरै कुराहरु सिके । उनी भन्छन्, ‘रनवे वाकहरू पहिला गरेपनि यहाँ धेरै कुरा सिक्न पाएँ, आफूलाई कसरी अरुको अघि प्रिजेन्ट गराउनुपर्छ र सेल्फ मेकअपबारे धेरै कुरा सिके’, उनी भन्छन् ।  


छेवाङ शेर्पा

सिन्धुपाल्चोकका छेवाङ शेर्पा काठमाडौंको बौद्धमा बस्छन् । होटल म्यानेजमेन्टमा स्नातक गरेका उनले यसअघि पाँच वटा वटा मोडलिङ सम्बन्धी सोमा भाग लिइसकेका छन् । यो उनको छैटौँ सो हो । उनले इण्डियामा पनि रनवे मोडलिङ गरिसकेका छन् । पर्सनालिटी डेभलपमेन्ट र ग्रुमिङका लागि यस प्रकारका सोहरू उपयोगी हुने उनको अनुभव छ । उनले केही प्रडक्ट एडमा पनि काम गरिसकेका छन् । सानैदेखिको रुचीको क्षेत्र भएकाले उनी मोडलिङमा नै करिअर बनाउने बताउँछन् ।

२४ वर्षका उनले नेपालदेखि भारतसम्म रनवे वाक गरेर अनुभव बटुलिसकेका छन् ।  नेपालमा भएको गाला सो, फेसअप नेपाल र भारतको भोपालमा भएको सोमा पनि उनले आफ्नो प्रस्तुति दिईसकेका छन् । ‘मलाई पहिला देखिकै रुचीको विषय भएर होला छिट्टै मेहेनत गरेर यहाँसम्म पुगेको छु । म मोडल हन्ट प्रतियोगितामा यो संस्था  र यसको टिमको कारण आएको हुँ’,  उनी भन्छन् । 
पहिलैदेखि हक्की स्वभावका उनी ¥याम्प वाकमा कन्फिडेन्ट थिए । ‘मैले यहाँ धेरै कुरामा सुधार्ने मौका पाएको छु । विशेषत पोस्चर, कन्फिडेन्ट बुस्ट, आई कन्ट्रयाक्ट आदि बारे डिलेटमा बुझ्ने मौका पाएँ ’, शेर्पा भन्छन् ।  उनले मोडलिङमै करिअर बनाउने योजना बनाएका छन् । ‘परिवारलेपनि साथ दिनुभएको छ । त्यसैले मोडलिङ नै गर्ने सोच बनाएर अघि बढेको छु’, उनी भन्छन् ।   

उनी मोडलिङ गरेरै नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन चहान्छन् । ‘मेरो लक्ष्य मेरो देशलेपनि मोडलिङमा केही गर्न सक्छ है भनेर नेपालको नाम चिनाउन मन छ । र मोडलिङबाटै आयआर्जन गर्न सकिन्छ भनेर देखाउन मन छ’, उनी भन्छन् ।  


एलेन डंगोल 

काठमाडौंका एलेन डंगोल बेलायतमा अध्यायन सकेर नेपाल फर्किए । बेलायतमा मास्टर गरेर उतै पीएचडी गर्ने सोच बनाएका थिए तर मोडलिङ करिअरमा बनाउन उनले बेलायतमा भन्दा नेपालमा उज्यालो भविष्य देखे । ‘मास्टर सकेर  पीएचडी गर्ने सोचिरहेको थिएँ ।  साथीहरू र काम गर्ने ठाउँको बोसले पनि तिम्रो फेस राम्रो छ मोडलिङ गर भन्नुभयो । मैले हुन्छ भनेर नेपाल फर्किए’, उनले भने । 

खासमा उनले मोडलिङ गर्ने सोच बनाएका समेत थिएनन् । आफ्नै दुईओटा व्यापार चलिरहेको थियो भने उनी उता  बेलायतमा पीएचडी गर्ने तयारी थिए । ‘म मोडलिङ गर्ने सोच त  थिएन तर भयो भने गर्छु भन्ने खालको मात्रै सोच थियो । तर अहिले मोडलिङमै करिअर बनाउछु जस्तो भएको छ’,  उनी भन्छन्, ‘पहिला जो नि मोडल बन्छ जस्तो लाग्थ्यो तर होइन रहेछ । त्यसको लागि निकै अनुशासन र कडा परिश्रम चाहिने रहेछ ।’  उनी कन्फिडेन्ट  छन् , त्यसैले मोडलिङ क्षेत्रमै काम गरिरहेमा उनी आगामी पाँच वर्षमा अरुका लागि इन्स्पाएर गर्न सक्ने रोल मोडल हुने कुरामा विश्वास  गर्छन् । 


खेमराज पोखरेल 

सुर्खेतका खेमराज पोखरेल पेसाले इन्जिनियर हुन् । २९ वर्षका उनी गकर्णेश्वर नगरपालिको इन्जिनियर हुन् । पुल्चोक कलेजमा इस्ट्रक्चरल इन्जिनियरिङमा पीएचडी गरिरहेका उनलाई मोडलिङमा खासै रुची थिएन । ‘मलाई यसमा खासै रुची थिएन, तर भारतीय रोडिज भने हेरिरहेको हुन्थेँ, त्यसैले मलाई इन्ट्रेस हुन थाल्यो । ’ 

उनी आफुलाई एक्स्प्लोर गर्न रुचाउँछन् । ‘मेरो लाइफको यो नयाँ जर्नी हो । मैले यहाँ मेकअपदेखि लिएर बोल्ने , आफुलाई कसरी फिट राख्ने, ड्रेसिङ सेन्स आदि सिक्ने मौका पाएको छु । आफूले आफैँलाई एक्स्प्लोर समेत  गरिरहेको छु । ’  

मोडलमा हन्टमा भाग लिएपछि उनी उत्साहित भएका छन् । भन्छन्,‘मेरो लाइफ ढुङगा, माटो, सिमेन्टसँग नै जोडिएको छ । यसबाहेक मेरो काम त्यो हो, र यो मोडलिङले मलाई कताकता इम्प्याक्ट पर्छ जस्तो लाग्छ ।’  खेमराजका कतै पलायन हुने सोच छ छैन तर युवालाई विदेश पलायन हुन नदिन सरकारले बेसिक निड पुरा हुने अवसरहरू प्रदान गर्नुपर्ने बताउँछन् । 


कौश्तुपराज पाठक 

नुवाकोटका कौश्तुपराज पाठक सानैदेखि फिल्म हेर्न रुचाउँथे । एक्टिङ  र मोडलिङमा इन्टे«स भएका उनी काठमाडौंको पब्लिक युथ क्याम्पसमा बीबीए अध्यायनरत छन् । ‘म सानैदेखि फिल्म धेरै हेर्थेँ । त्यही भएर होला मलाई एक्टिङ र मोडलिङमा रुची हुन लाग्यो, अहिले त्यही रुचीलाई यथार्थमा परिणत गर्न मोडल हन्टमा आएको छु । ’ 

मोडल हन्टमा उनले विभिन्न कुराहरू सिके । त्यसमापनि गुम्रिङ क्लासबाट धेरै कुरा सिकेको उनी बताउँछन् । ‘मोडल हन्टमा मैले धेरै कुरा सिक्ने मौका पाएँ, अरुको अघि कसरी प्रस्तुुत हुने, कसरी अकर्षित गर्ने, आदि लगायतका धेरै कुरा सिकेँ, त्यसपनि रनवे वाक र डिजाइनरको ड्रेस कसरी प्रस्तुत गर्ने बारे धेरै कुरा सिकेँ’, पाठक भन्छन् ।   

मोडलिङमै लागेर भविष्य बनाउने सोचेका उनले विदेश पलायन हुने भने सोचेका छैनन् । भन्छन्, ‘मलाई विदेश जानु मन छैन, जाने भए पहिला नै जान्थेँ । जे गर्नु छ म यहीँ गर्छु र मोेडलिङमा करिअर सेट गर्छु ।’ 

प्रतिक्रिया