काठमाडौं – सुगम पोखरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । रोमान्टिक गीत ‘बेहाल’मा सुगमसँगै रिता केसीको स्वर छ ।
गीतमा डा.देबेन्द्र प्रधानको शब्द छ भने शंकर थापा ‘स्माइल’को संगीत छ । गीतको भिडियोलाई केशवराज भट्टले निर्देशन गरेका छन् ।
अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायाकन र डिन्सन शाहको सम्पादन रहेको छ ।