नेपाल आइन् अदिती

राम्रो अनलाइन     २५ चैत २०७७, बुधबार
नेपाल आइन् अदिती

गतबर्ष लकडाउन हुनु भन्दा अगाडि नायिका अदिती वुढाथोकी आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु गर्ने तयारीमा थिइन् । तर, कोरोनाका कारण सरकारले लामो समय लकडाउन गरेपछि चलचित्रको काम सुरु हुन पाएन ।

करिब ८ महिना नेपाल बसेपछि अदिती मुम्बई फर्किइन् । पहिलो चलचित्र ‘कृ’पछि दर्शकमाझ आउनका लागि आतुर देखिएकी सुन्दरीले काम सुरु गर्न नपाउँदा निराशा व्यक्त गरिन् ।

उनै, नायिका फेरि चलचित्रको छायांकनका लागि नेपाल आएकी छिन् । मुम्बइबाट नेपाल आएर अदिती यतिबेला वर्कशपमा व्यस्त छिन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको यो लभ स्टोरी चलचित्रको छायांकन वैशाखको २ गतेबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

चलचित्रमा अदितीको साथमा नायक धिरज मगर र नायिका तृप्ती नाडकरका छोरा धिरज टोटलानीको मुख्य भूमिका रहनेछ ।तर, भारतसँगै नेपालमा पनि कोरोना केस बढ्दै जाँदा छायांकन के हुन्छ भन्ने प्रश्न भने उब्जेको छ । तर, चलचित्रको निर्माणपक्षले वैशाखको २ गतेबाट छायांकन सुरु गर्ने सेड्यूल तय गरिसकेको छ । यसका लागि वैशाखको ३१ गते यसको टिम पूर्व पुग्नेछ । वुधबारे, लेटाङमा यो चलचित्रको छायांकन हुनेछ । यसपछि, चलचित्रको छायांकनका लागि निर्माण टिम सिक्किम पुग्नेछ ।

नायिका अदिती वुढाथोकी इन्स्टाग्राममा सर्वाधिक चर्चित मानिन्छिन् । उनका १३ लाख बढी फलोअर्स छन् । उनै, अदिती चलचित्रका लागि मिहिनेत गरिरहेकी छिन् । तर, काम सुरु गर्न नपाउँदा उनलाई हैरानी पनि ब्यहोर्नु परिरहेको छ ।

प्रतिक्रिया