नौ कम्पनीको लाभांश घोषणा, सबभन्दा बढी कसको ?

राम्रो अनलाइन     ०६ पुस २०८२, आइतबार
नौ कम्पनीको लाभांश घोषणा, सबभन्दा बढी कसको ?

काठमाडौं – नेप्सेमा सूचीकृत नौ कम्पनीले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, कालिका लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, स्वरोजगार लघुवित्त, महुली लघुवित्त, मिथिला लघुवित्त, रुरु जलविद्युत् परियोजना लिमिटेड छन् । 

यी कम्पनीहरूको सूचनाअनुसार लाइफ इन्स्योरेन्सल २१.५ प्रतिशत नगद लाभांश (करसहित), रिलायबल नेपालले १२ प्रतिशत नगद लाभांश वितरण हुनेछ ।

यस्तै, सूर्यज्योतिले चुक्ता पुँजीको १३ प्रतिशत नगद लाभांश (करसहित), कालिका लघुवित्तले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश (करसहित), ग्लोबल आईएमईले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ नगद (कर प्रयोजनार्थ) दिने घोषणा गरेका छन् । 

यसका साथै, गत आर्थिक वर्षको नाफाबाट स्वरोजगार लघुवित्तले १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश, महुलीले ४.७५ बोनस सेय र ०.२५ (कर प्रयोजनका लागि) नगद लाभांश दिने घोषणा गरेका छन् । 

त्यसैगरी मिथिलाले १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (करसहित) रुरु जलविद्युत्ले १० प्रतिशत बोनस सेयर र ५.७८ प्रतिशत करसहित नगद लाभांश वितरण गर्नेछन् । यी कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीका आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया