बेहुली बन्दा यस्ती देखिइन् इन्दिरा 

राम्रो अनलाइन     ३१ जेठ २०७९, मङ्गलबार
बेहुली बन्दा यस्ती देखिइन् इन्दिरा 

 

काठमाडौँ– गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद केडियाले आज (जुन १४) मा लगनगाँठो कसेका छन्। इन्दिराले सामाजिक सञ्जालमा बिहेका तस्बिर पोस्ट गरेकी छन्।

यसअघि इन्स्टाग्राममा पोस्ट सेयर गर्दै आज बिहे गर्न लागेको जानकारी दिएकी थिइन्। ‘भगवानको कृपा र परिवारको आशीर्वादले जुन १४ मा विवाह गर्ने जानकारी साझा गर्न पाउँदा असिम आनन्द महसुस भइरहेको छ,’ उनले लेखेकी छन्।

हिजो ९सोमबार० उनले हल्दी सेरेमनीका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। कार्यक्रमलाई सरल र आत्मीय बनाउन आफ्नो घरको बगैँचामा हल्दी सेरेमनी गरेकी हुन्।

गत असोजमा यो जोडीले खुम्बु पुगेर औँठी साटासाट गरेको थियो। सामाजिक सञ्जालमा औँठी लगाएको तस्बिर सार्वजनिक गर्दै इन्दिराले लेखेकी थिइन्, ‘उनले मलाई सोधे, ‘के तिमी मसँग बिहे गर्छौरु अनि मैले भनेँ, गर्छु।’ 

लामो समययताको प्रेम सम्बन्धलाई यो जोडीले बिहेमा परिणत गरिरहेको छ।

 

 

प्रतिक्रिया