आवाज मात्रै भएको एप 'क्लबहाउस' : यो के हो, कसरी चलाउने ?

एजेन्सी     ०८ फागुन २०७७, शनिबार
आवाज मात्रै भएको एप 'क्लबहाउस' : यो के हो, कसरी चलाउने ?

टिकटक विश्वभर उपलब्ध भएको चार वर्ष भएको छ त्यसैले अब सायद अर्को नयाँ ठूलो सामाजिक सञ्जाल आउने बेला भएको छ। आउनुहोस् क्लबहाउसलाई स्वागत गर्नुहोस्।

एक वर्षभन्दा कम समयमा क्लबहाउस इन्टरनेटको नयाँ ठूलो सेवा बन्ने बाटोमा छ।

क्लबहाउसले ठूलो चर्चा, चर्चित प्रयोगकर्ताहरू, विवाद, प्रतिबन्ध र एक पैसा नकमाए पनि ठूलो मूल्याङ्कन पाइसकेको छ।

यो के होला भनेर सोच्दै हुनुहुन्छ भने यसका बारेमा जान्नै पर्ने कुराहरू यस्ता छन्।

अमेरिकादेखि चीनसम्म र ब्रजिलदेखि टर्कीसम्म यसले विश्वभर हल्ला मच्चाएको छ। संसारमा जहाँ भए पनि तपाईँले यसको नाम छिटै सुन्नु हुनेछ।

यस्तो छ चर्चा
संसारका केही धनी र चर्चितहरू यस एपमा अहिले ठूला नाम बनिसकेका छन्। तीमध्ये केही टेस्लाका इलोन मस्क, फेसबुकका मार्क जुकरबर्ग, गायक ड्रेक र कान्य वेस्ट एवम् सञ्चारकर्मी ओप्राह विन्फ्रे रहेका छन्।

यसको चर्चासँगै पैसाको पनि चर्चा छ। यसलाई यूके फाइनान्सियल टाइम्सका अनुसार अहिल्यै एक अर्ब अमेरिकी डलरभन्दा माथि मूल्याङ्कन गरिसकिएको छ।

अहिलेका लागि एक सुको पैसा नकमाएको एपका लागि त्यो राम्रो मूल्याङ्कन हो।

यसको चर्चासँगै पैसाको पनि चर्चा छ। यसलाई यूके फाइनान्सियल टाइम्सका अनुसार अहिल्यै एक अर्ब अमेरिकी डलरभन्दा माथि मूल्याङ्कन गरिसकिएको छ।

अहिलेका लागि एक सुको पैसा नकमाएको एपका लागि त्यो राम्रो मूल्याङ्कन हो।

क्लबहाउस कस्तो एप हो ?
क्लबहाउसलाई अरूभन्दा फरक बनाउने कुरा भनेको यसमा अक्षर, तस्बिर वा भिडिओ राख्न नमिल्नु हो। यो आवाज मात्रै भएको एप हो।
र यसमा जे हुन्छ त्यो सबै प्रत्यक्ष हुन्छ।

कसरी चलाउने ?
तपाईँ यसमा आफ्नो गफ गर्ने कोठा सुरु गर्न सक्नुहुन्छ वा अरूले सुरु गरेको कोठामा प्रवेश गरेर त्यहाँको गफ सुन्न सक्नुहुन्छ।

सामान्यतया प्रत्येक कोठामा केही वक्ता हुन्छन् र अरू सबै श्रोता हुन्छन् तर तपाईँ हात उठाएर बोल्न अनुमति माग्न सक्नुहुन्छ।

एपभित्र गफ रेकर्ड हुँदैन र सकिएपछि पुनः सुन्न सकिन्न त्यसैले जे सुन्नु छ त्यो प्रत्यक्ष सुन्नुपर्छ।

मन पर्ने गफ नछुटोस् भन्नका लागि कुनै विषयलाई फलो गर्न सक्नुहुन्छ र त्यो विषयमा गफ सुरु भए तपाईँलाई जानकारी आउँछ।

(बि‍‍बिसीबाट)

प्रतिक्रिया