मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

राम्रो अनलाइन     २२ वैशाख २०८२, सोमबार
मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

धनुषा–मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो । 

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया