१० लाखसम्म वार्षिक आम्दानीमा कर छुट दिने कांग्रेसको प्रतिज्ञा

राम्रो अनलाइन     ०७ फागुन २०८२, बिहिबार
१० लाखसम्म वार्षिक आम्दानीमा कर छुट दिने कांग्रेसको प्रतिज्ञा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको घोषणापत्र ‘प्रतिज्ञापत्र’ को सवाल–जवाफ कार्यक्रममा थापाले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने प्रतिज्ञा गरे ।

अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनको भनाइ छ । करका सबै प्रकारका दरहरूलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको थापाको भनाइ छ ।

‘नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने, भाषणले मात्र लगानी आउदैन । यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ,’थापाले भने, ‘हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौं । ’ 

प्रतिक्रिया