काठमाडौं– हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।
समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो ।आइसिसीको नियम अनुसार अनुसार डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो । नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएको थियो । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन भएको थियो ।
शुक्रबार विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने थियो । तर वर्षा बाधक बन्दा हङकङ बाहिरियो । प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर(३ मा पुगेका हुन् । नेपालले सुपर–३ मा बलिया टोली युएई र थाइल्यान्डको सामना गर्नेछ । सुपर(३ मा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्ने छन् ।