काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयका गतिविधिबारे अहिले छलफल गरिरहेका छन्। प्रधानमन्त्री कार्यालयमा आयोजित छलफलमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरूलाई एक महिनाभित्र परिणाम आउनेगरि काम गर्न निर्देशन दिएका थिए।
