काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलायन्सको विमानमा समस्या देखिएको छ ।
विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका प्राविधिक समस्या भएपछि फिर्ताका लागि ‘अप्रोच’ गरिएको थियो ।
‘विमानमा इन्जिन अन फायर देखिएको थियो । केहीबेर उडेपछि समस्या देखिएको र पाइलटले हाल कलकत्ता डाईभर्ट गरेका हुन्,’ उनले भने ।
विमानस्थलबाट उडेलगत्तै समस्या देखिएको बस्नेतले जानकारी दिए ।