स्विमिङ सुटमा ‘मिस नेपाल’ का २४ सुन्दरी

राम्रो अनलाइन     २१ असार २०८३, आइतबार
स्विमिङ सुटमा ‘मिस नेपाल’ का २४ सुन्दरी

काठमाडौं–‘मिस नेपाल २०२६’ मा अहिले धमाधम सहविधाको प्रतिस्पर्धा भैरहेको छ । स्पोर्ट्स र ट्यालेन्ट राउन्डपछि स्विमिङ सुट राउन्डमा सुन्दरीले प्रतिस्पर्धा गरेका छन् ।

शनिबार नगरकोटको भंगेरी दरबार रिसोर्टमा स्विमिङ सुट प्रतिस्पर्धा आयोजना भयो । आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार यी सहविधाका विजेताको घोषणा एकैचोटी फिनालेमा गरिनेछ ।

२४ जना फाइनलिस्ट घोषणा भैसकेका छन् र उनीहरूले उपाधिका लागि अहिले व्यक्तित्व विकासका अभ्यासदेखि प्रि–कम्पिटिसन चरणमा भाग लिइरहेका छन् ।

यसवर्ष मिस नेपालको प्रमुख नारा ‘टप अफ द वर्ल्ड’ रहेको छ । १ अगस्टमा फिनाले आयोजना गरिएको छ ।

प्रतिक्रिया