काठमाडाैं – आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि स्कटल्यान्डमा रहेका तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्नशकुमार झा घाइते भएका छन्।
शृंखला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेल्नुअघि प्रशिक्षणका दौरान यी दुई खेलाडी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दियो ।
क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्शनको घुँडामा चोट लागेको छ। यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको खेल र त्यसपछि हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन् ।