सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन

राम्रो अनलाइन     २५ पुस २०८२, शुक्रबार
सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन

बागमती– बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । 

बैठकले उक्त समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल तथा सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेको धुलिखेलमा सञ्चालित प्रदेश स्वास्थ्य प्रयोगशालालाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय गरेको मन्त्री तामाङले बताए ।  

यस्तै स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित गरेको मन्त्री तामाङले जानकारी दिए । 

प्रतिक्रिया