शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नाघ्यो, ठूला सवारी चलाउन रोक

राम्रो अनलाइन     ११ असोज २०८३, आइतबार
शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नाघ्यो, ठूला सवारी चलाउन रोक

धनगढी–लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

पानीले खतरा तह नाघेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारीसाधन रोकिएका हुन् ।

बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेको छ । सोही कारण महाकालीमा पानीको तह उच्च हुँदै गएको छ ।

निरन्तरको वर्षााका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

मौसममा सुधार नआएपछि सोमबार बिहानसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

प्रतिक्रिया