प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

राम्रो अनलाइन     १४ मंसिर २०८२, आइतबार
प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

काठमाडौँ–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले निवेदन दिएका छन् ।

यही मङ्सिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन समय थप गरिएको थियो । उक्त समय अर्थात् आजसम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी १२० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मङ्सिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया