पललाई अँगालो हाल्दै अभिनेत्री अनिता किन भन्दैछिन् ‘मर्छु हजुर’ (भिडिओ)

राम्रो अनलाइन     ०५ पुस २०८२, शनिबार
पललाई अँगालो हाल्दै अभिनेत्री अनिता किन भन्दैछिन्  ‘मर्छु हजुर’ (भिडिओ)

काठमाडौं–अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। ‘सुनिल दवाडी’ नामक युट्युब च्यानलमार्फत रिलिज गरिएको यस भिडियोलाई दर्शकहरूले निकै रुचाएका छन्।

सुनील दवाडीको प्रस्तुति रहेको यस भिडियोमा पल र अनिताको जोडीलाई फिचर गरिएको छ। एक–अर्काको मायामा डुबेका युवा–युवतीको प्रेमकथालाई भिडियोमा आकर्षक ढंगले बुनिएको छ। यस गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक विक्रम चौहानले निर्देशन गरेका हुन्।

गायक ध्रुव बीके र गायिका मनिषा सुनारको स्वर रहेको यस गीतमा शब्द तथा संगीत ज्ञानेन्द्र गिरीको रहेको छ। गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ भने सुलभ घिमिरेले गरेका छन्।

अभिनेत्री अनिता गिरीले यसअघि एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो  ‘बैगुनीले गएको थियो छोडेर’ हो। उनी म्युजिक भिडियोमा मात्र सीमित नरही पछिल्लो समय चलचित्र क्षेत्रमा पनि सक्रिय छिन्।

उनले हालसम्म आधा दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। उनले अभिनय गरेका फिल्महरूमा ‘नम्बरी सुन’, ‘दान्भी’, ‘रावायण’ र ‘आउट ल’ लगायत रहेका छन्। 

यीमध्ये केही फिल्म प्रदर्शन भइसकेका छन् भने केही प्रदर्शनको तयारीमा रहेको गिरीले बताइन्। अनिता पछिल्लो समयकी व्यस्त मोडल तथा अभिनेत्रीका रूपमा चिनिन्छिन्। उनले विभिन्न ब्राण्ड र प्रडक्टको एडमा अभिनय समेत गरेकी छिन् । 

प्रतिक्रिया