काठमाडौं–अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।
लेदो सहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा आइतबार बिहान ७ : ५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।