काठमाडाैं – सोमबार बिहान साढे ८ बजे पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिरामी बोकेको एम्बुलेन्स र विद्यालयको भ्यान ठोक्किएको हो।
बुटवलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र दुम्कौली जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थी बोकेको भ्यान आपसमा ठोक्किएको थियो।
पूर्वी नवलपरासी प्रहरीका अनुसार दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका(१ का बस्ने ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको हो।
टाउको र दुवै खुट्टामा चोट लागी उपचारका लागी उनलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन पुर्याइएकोमा बिहान ९स्२० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका(३ गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राइ, २५ वर्षीया स्नेहा परियार छन्। उनीहरू एम्बुलेन्समा बिरामी लिएर आउँदै थिए।
दुई जना विद्यार्थीहरू देवचुली गाउँपालिका(१७ कि आयुसा गौतम र सोही गाउँपालिका(४ का ६ वर्षीय सोखनिया रोक्का सामान्य उपचारपश्चात डिस्चार्ज भएका छन्। एम्बुलेन्समा आएका बिरामीलाई अन्य एम्बुलेन्समा राखेर चितवन पठाइएको प्रहरीले जनाएको छ।