विराटनगर – मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ ।
विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार (पुस १०) बिहान दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार, विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोसी अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।