मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तिमा १३ को मृत्यु, झण्डै सय जना घाइते

राम्रो अनलाइन     १४ पुस २०८२, सोमबार
मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तिमा १३ को मृत्यु, झण्डै सय जना घाइते

काठमाडौं – मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ ।

बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै एक मोडमा लिकबाट बाहिरिएको बताएका छन् । मेक्सिकोका न्यायाधिवक्ताले दुर्घटनाको अनुसन्धान सुरू गरिएको जनाएका छन् ।

मेक्सिकोका राष्ट्रपति क्लाडिया शीनबामले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको बताएका छन् ।

प्रतिक्रिया