एनभीए च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ क्वार्टरफाइनलमा

राम्रो अनलाइन     १५ पुस २०८२, मङ्गलबार
एनभीए च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ क्वार्टरफाइनलमा

काठमाडौं– विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ भलिबल क्लब एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टर फाइनल प्रवेश गरेको छ । 

बुधबार एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । 

यो जितसँगै समूह ‘ए’मा रहेको एपीएफ समूह चरणमा उपविजेता बनेको हो । एपीएफले समूह चरणमा दुई खेल खेल्दा समान एक जित र हार व्यहोर्‍यो । एपीएफ पहिलो खेलमा साबिक विजेता हेल्प नेपालसँग ३–१ को सेटमा पराजित भएको थियो । 

बुधबार क्वार्टरफाइनलमा स्थान बनाउन पहिलो, दोस्रो र तेस्रो सेटमा २५–१०, २५–१६ र २९–२७ को नतिजा निकालेको थियो । अब क्वार्टरफाइनलमा एपीएफले समूह ‘ए’को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया