काठमाडौँ–राष्ट्रियसभा सदस्य एवं स्रष्टा डा अञ्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीतभित्र’ बजारमा आएको छ ।
‘शिरीष’, ‘रोज’, ‘बहार’, ‘श्रष्द्रापुष्प’ ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य एक दर्जन ‘कलेक्सन एल्बम’मा गीत गाएकी शाक्यले करिब २२ वर्षपछि यो नयाँ म्युजिक भिडियोसहितको गीत ल्याएकी हुन्।
इजरायलका लागि पूर्वनेपाली राजदूत डा शाक्यले इञ्जिनीयर सञ्जय शाक्यको शब्द रचनामा ‘मेरो गीतभित्र’ रेकर्ड गराएकी हुन् । यसमा हरिशरण सायमीले ‘म्युजिक एरेन्ज’ गरेका छन्। कलाकार सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको अभिनय रहेको गीतमा डा शाक्यको स्वर रहेको छ भने सङ्गीत डा शाक्य र इञ्जिनियर सञ्जयको रहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्।
शनिबार मात्रै युट्युवमा अपलोड गरिएको यो म्युजिक भिडियो हालसम्म करिब आठ हजारले हेरिसकेका छन् ।