काठमाडौँ–मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १९ सेकेन्डको ट्रेलरले कथावस्तुबारे दर्शाउँछ ।
गाउँमा हाँसीखेली हुर्किएको मुख्य पात्र सपना पूरा गर्न सहर पुग्छ । पैसा कमाउने क्रममा उसले सहरमा धेरै थरी चुनौतिको सामना गर्नुपर्छ । के उक्त पात्रले काठमाडौं सहरमा सपना पूरा गर्न सक्ला ?

फिल्मको केन्द्रमा मरिचमान स्वयम छन् । यो फिल्मको निर्देशन समेत मरिचमान स्वयमले गरेका हुन् । चर्चित टिभी श्रृंखलाहरूमा अभिनय गरेपछि मरिचमान यही फिल्मबाट ठूलो पर्दामा अघि बढेका हुन् ।
कथानक फिल्ममा यो उनको डेब्यू निर्देशन र अभिनय हो । टिभी श्रृंखलामार्फत सामाजिक कथावस्तुलाई दर्शकमाझ पस्किएका मरिचमान बल्छी धुर्बे पात्रले टिभीमा चर्चित थिए । उनको अभिनय करिअरमा दोस्रो इनिङ्स सुरु भएको छ र ‘गोबर गणेश’ मार्फत उनले फिल्मी करिअर थालेका छन् ।

फिल्ममा पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, विशाल पहाडी लगायतको अभिनय छ । बल्छी धुर्बे फिल्म्सले यो फिल्मलाई निर्माण गरेको हो ।
‘गोबर गणेश’ १ माघदेखि प्रदर्शन तयारीमा छ ।